IME Life

साधना लघुवित्तको आइपीओ बाँडफाँड, ३ लाख ८१ हजारको हात खाली

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्तको आइपीओ बाँडफाँड भएको छ। लघुवित्तको आइपीओमा ६६ हजार १ सय ५२ जनाले १० कित्ताका दरले हात पारेका छन् । तीन लाख ८१ हजार ६९७ जनाको भने हात खाली भएको छ ।कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।

साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको थियो । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा  १७.०२ गुणा बढी हो ।

Prabhu
Crest

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लघुवित्तको हालको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS