Connect IPS
IME Life
Beema Board

असार मसान्तमा बुझाउनुपर्ने ऋणको साँवा ब्याज बुझाउने म्याद थप गर्न माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैंक तथा वित्तीय संस्थालाई असार मसान्तमा बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज भुक्तानी अवधि बढाउन माग गरेको छ । लकडाउन पूर्णरूपमा खुकुलने नभएको अवस्थामा उद्योगी व्यवसायीले असारभित्रै बैंकको किस्ता तथा ब्याज बुझाउन नसक्ने भन्दै महासंघले म्याद थप गर्न आग्रह गरेको हो ।

०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गरेको महासंघले बताएको छ ।

Prabhu
Crest

असार मसान्त नजिकिँदै गर्दा अहिले किस्ता तिर्न बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई ताकेता गर्न थालेको महासंघले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका सानाठूला उद्योगी व्यवसायी गम्भीर संकटमा रहेको महासंघले जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS