सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

Citizen Life Insurance Co

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतककको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित श्रीराम थापा मगरको परिवारलाई ३४ लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै थापाकी श्रीमती श्यामकुमारी मगरलाई ३४ लाख १२ हजार ५४८ को चेक हस्तान्तरण गरेको हो ।

भरतपुर महानगरपालिका–१२ का स्वर्गीय थापाको नाममा बोटलर्स नेपालले सामूहिक म्यादी बीमा योजना अन्तर्गत ३६ लाख बीमांकको बीमा गरिदिएको थियो। उक्त बीमा वापतको रकम कम्पनीले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार