काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश पठाउन थालेको छ । कम्पनीले जेठ २३ गते सम्पन्न साधारण सभाबाट पारित ८दशमलव १६ प्रतिशत लाभांश शेयरधनीको खातामा पठाउन थालेको हो ।
चैत २४ गतेसम्म रहेको हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । त्यस्तै शेयर प्रमाणपत्र अभौतिकिकरण नरेका शेयरधनीलाई शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।