काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बैठकले पब्लिक सञ्चालकको रुपमा नियुक्त भएका अशोक कुमार उप्रेतीको राजिनामा स्वीकृत गरेको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले उप्रेतीको राजिनामा स्वीकृत गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले पब्लिक डाइरेक्टर उप्रेतीको राजिनामा बैठकबाट स्वीकृत भएको बताए । ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत सर्वसाधारणको शेयर रहेको राष्ट्रिय बीमा कम्पनीका सर्वसाधारण सञ्चालक उप्रेतीले करिब छ महिना अघि नै राजिनामा दिएर बसेका थिए । सञ्चालक समितिमा मनमुटाव भएपछि उप्रेतीले करिब छ महिना अघि नै राजिनामा दिएर बसेका थिए ।