काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा स्थित सिटिसि महलमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।*
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमार बहादुर खत्रीको उपस्थितीमा आगामी असार २१ गते विहान ११ बजे रक्तदान कार्यक्रम आयेजना गरिएको कम्पनीले जनाएकोछ ।
*सम्पादन गरिएको ।