IME Life
GBIME

आजदेखि शिखर इन्स्योरेन्सको ३०% हकप्रद शेयर बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आजबाट शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

यसअघि कम्पनीले चैत १३ गतेदेखि शेयर बिक्री गर्ने निर्णय भएकोमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि शेयर निष्कासन स्थगित भएको थियो। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

Crest

यस हकप्रदमा असार १४ गतेदेखि साउन ४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटलको शाखा कार्यालय तथा शिखर इन्स्योरेन्स कम्पनी तथा शाखा कार्यालयबाट कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । त्यस्तै, सि आस्वाबाट पनि दिन सकिन्छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसकारण फागुन १२ गतेसम्म कायम शेयरधनीले यक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS