काठमाडौं । बैंक अफ काठमाण्डूले बीमीतलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बैंकले मृतक अमिर चौधरीकाको परिवारलाई सात लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो ।
बैंकका विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको उक्त दाबी रकम हस्तान्तरण गरेको हो । उक्त शाखाका खातावाहक चौधरीको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बैंकले उक्त बीम सुविधका लागि सिद्धार्थ इन्स्योरेन्ससँग समन्वय गरि बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम मृतक चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् ।