IME Life
GBIME

यो बर्ष पनि बीमा कम्पनीको आईपिओ आउँने सम्भावना टर्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चालु आर्थिक बर्ष २०७६/७७ मा नयाँ बीमा कम्पनीहरुको प्राथमिक शेयर निष्काशन हुने सम्भावना टरेको छ । कम्पनीहरुको साधारण सभा नै हुन नसकेपछि आईपिओ जारी हुने सम्भावना टरेको हो ।

तीन बर्ष अगाडी दश वटा नयाँ जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएका थिए । गत आवमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएको थियो । कम्पनीहरुलाई अनिवार्य रुपमा ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम गत आवमा नै केही कम्पनीहरुले आईपिओ जारी गर्न तयारी गरेका थिए । तर, कम्पनीहरु सञ्चालनको एउटा आर्थिक बर्ष पुरा नभएका कारण धितोपत्र बोर्डले आईपिओ जारी गर्न रोक लगाएको थियो ।

Crest

नयाँ बीमा कम्पनीहरुको ७ अर्ब १८ करोडको आइपीओ आउँदै

चालु आवमा भने कम्पनीहरुलाई आईपिओ जारी गर्न छुट छ । तर, कम्पनीहरुले समयमा साधारण सभा गर्न नपाउँदा आईपिओ जारी गर्न पाएका छैनन् । गत आ.व. देखि बीमा समितिले एनएफआरएस वित्तीय प्रणाली लागू गरेका कारण कम्पनीहरुले समयमा नै विवरण बुझाउँन पाएका छैनन् । फलस्वरुप साधारण सभामा ढिलाई भएको हो । जसका कारण कम्पनीहरुले यो बर्ष आईपिओ जारी गर्न नपाउँने भएका छन् ।

अजोड  इन्स्योरेन्सको भने धितोपत्र बोर्डमा पाइपलाइनमा भएता पनि यो आर्थिक वर्ष आईपिओ जारी हुने सम्भावना छैन।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS