काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले स्पीनल मस्कुलर अरथोपी नामक रोगको कारण समस्यामा परेको ९ महिनाकी बालिका सियोन श्रेष्ठलाई उपचारका लागि सहयोग वापत १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।
उक्त चेक बालिकाका पिता डा. सन्दीप श्रेष्ठलाई कम्पनीका भैरहवा शाखाका प्रवन्धक विजय ज्ञवालीले हस्तान्तरण गरेका हुन् । । सो अवसरमा डा. सन्दीप श्रेष्ठले कम्पनीको यस सराहनिय कार्यबाट आफू प्रभावित भएको भन्दै धन्यवाद व्यक्त गरे ।