पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान यही मे २२मा कराचीमा दुर्घटना भएको थियो । रिउटर्सका अनुसार दुर्घटना भएको सो विमानको १९.७ मिलियन अमेरिकी डलर बराबरको बीमा गरिएको थियो ।
उक्त जहाजको बीमा पाकिस्तानको नेशनल इन्स्योरेन्स कम्पनीले गरेको थियो भने मार्स पुनर्बीमाको ब्रोकर रहेको थियो। पुनर्बीमा कसले गर्यो भनेर अहिलेसम्म खुल्न नसकेको र श्रोतका अनुसार एआईजीले पुनर्बीमा गरेको हुन्सक्ने कुरा रिउटर्सले बताएको छ । दुर्घटना भएको जहाज एयरबस ए ३२० थियो।