IME Life

लकडाउनले निर्जिवन बीमा क्षेत्रका १० सेक्टरमा क्षति पुगेको कार्यदलको प्रतिवेदन

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण निर्जिवन बीमा क्षेत्रका १० सेक्टरमा क्षति पुगेको बीमा समितिले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ ।

गत बैशाख २२ गते बीमा समितिले नेपाल बीमक संघका उपाध्याक्ष नूर प्रकाश प्रधानको संयोजकत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमा निर्जिवन बीमा क्षेत्रको १० वटा सेक्टर प्रभावित भएको उल्लेख छ । सो कार्यदलले बुझाएको प्रतिवेदनका अनुसार नेपालका सबै बीमा कम्पनीहरुले घर।सम्पत्ति बीमा, मोटर बीमा, इन्जिनियरिङ बीमा, कृषि बीमा, लघु बीमा, स्वरोजगार बीमा लगायतका सम्पूर्ण बीमामा केही दावी पर्न गई नोक्सानी व्यहोर्नु परिरहेको छ । त्यस्तै, इन्जिनियरिङ बीमामा दररेट घटेको, कोरोना महामारीका कारण बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले आम्दानी प्रभावित भएको, बीमा शुल्क नउठेका कारण सञ्चालन नोक्सानी व्यहोर्नुपरेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

Prabhu
Crest

प्रतिवेदनमा औल्याइएका समस्याहरु
१) घर।सम्पत्ति बीमा, मोटर बीमा, इन्जिनियरिङ बीमा, कृषि बीमा, लघु बीमा, स्वरोजगार बीमा लगायतका सम्पूर्ण बीमामा केही दावी पर्न गई नोक्सानी व्यहोर्नु परिरहेको छ ।

२) सवारी साधन बीमा मध्य व्यवसायिक सवारी साधनमा औषत तीन आव२०७३।०७४ देखि २०७५।०७६ सम्मको औषत दावी ९८.९७ प्रतिशत दावी रहेकोमा चालु आव २०७६।०७७ को अर्धवार्षिक अवधीसम्म औषत दावी ९२ प्रतिशतमा रहेको ।

३) इन्जिनियरिङ बीमा तर्फ पनि नन ट्यारिफ भएकोले बीमा शुल्क घटेको र मौषम प्रतिकूल भएको कारणले दावी नोक्सानी बढेको ।

४) घर। सम्पत्ति बीमातर्फ पनि भौगोलिक स्थिति तथा अनाक मौसममा आउने परिवर्तन कारण बढि दावी नोक्सानी व्यहोर्नु परेको अवस्था ।

५) विविध दुर्घटनातर्फ विशेष गरी स्वास्थ्य बीमा, मेडिकल हेल्थ इन्स्योरेन्समा दावी बृद्धि, असाध्य रोग तथा महामारी रोग व्याधी, अस्पतालबाट जारी गरिने थपथाप गरिएको बिलका कारण दावी नोक्सानी बढेको अवस्था ।

६) कोभिड–१९ को प्रत्यक्ष असरले गर्दा बैंकहरुले निक्षेपमा ब्याजदर उल्लेखनीय घटाएको कारणले सम्पूर्ण बीमा कम्पनीहरुको निक्षेप लगानीको ब्याज आम्दानी न्यून हुन गएको ।

७) बन्दाबन्दीको कारणले सो अवधिभर बीमकहरुको बीमा शुल्क आम्दानी समग्रमा एक तिहाई रहेको अवस्थामा सञ्चालन खर्च यथावत रहेकाले सञ्चालन नोक्सानी व्यहोर्नु परेको ।

८) कोभिड–१९ को बन्दाबन्दीको कारण गर्दा बन्दी बन्दीबाट बीमितहरुलाई आर्थिक नोक्सानी हुने सोही कारणले झुठ्ठा दावी सृजना हुनसक्ने पनि सम्भावना रहेको ।

९) कोभिड–१९ बन्दाबन्दीको कारणले आर्थिक मन्दी भई नगद प्रवाहमा ह्रास आउने हुनाले तोकिएको समयभित्र बीमा शुल्क असुली गर्न गाह्रो हुने फलस्वरुप बीमा शुल्क आयमा स्वतः ह्रास हुने ।

१०) वर्तमान अवस्थाले नयाँ बीमा कम्पनीहरुको आईपिओ ढिला हुने तथा केही पुराना कम्पनी कम्पनीहरुको हकप्रद शेयर जारी प्रक्रियामा रहेकोले तोकिएको समयमा चुक्ता पुँजि पुर्याउन समेत गाह्रो हुने ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS