IME Life

दुई बीमा कम्पनीबाट ४८ जना कर्मचारी निकालिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीको समयमा दुई निर्जिवन बीमा कम्पनीबाट ४८ जना जना कर्मचारीहरु निकालिएका छन् । एभरेष्ट इन्स्योरेन्सबाट २६ जना कर्मचारीलाई कोरोना महामारीकै बीचमा घर पठाइएको छ भने सिद्धार्थ इन्स्योरेन्सबाट २२ जना प्रशिक्षार्थी कर्मचारीलाई जागिरबाट विदा दिइएको छ । जागिरबाट निकालिएका कर्मचारीहरुले भने भान्सा अबरुद्ध हुने गरी अप्ठेरोमा अवस्थामा जागिरबाट निकालेर न्यूनतम मानवियता समेत देखाउन नसकेको आरोप लगाएका छन् ।

कोरोना महामारीमा सिंगो देश लकडाउनमै रहेको बेला एभरेष्ट इन्स्योरेन्सले करारमा राखिएका मध्ये २६ जना कर्मचारीहरुको सम्झौता नविकरण हुन नसक्दा जागिरबाट निकालिएका हुन् । एभरेष्ट इन्स्योरेन्सले भने केही कर्मचारीहरु लकडाउनले गर्दा नयाँ सम्झौता गर्न आउन नपाएकोले सम्झौता नविकरण नभएको जनाएको छ । साथै सो कम्पनीले केही कर्मचारीहरु लकडाउनअघि नै घर गएको तथा नविकरण समयावधी सकिदा समेत सम्पर्कमै नआएकाहरुको पुनः सम्झौता गर्न नसकिएको प्रष्ट पारेको छ । लकडाउन खुलेपछि सम्झौता गर्न आएको अवस्थामा पुनः सम्झौता गरिने एभरेष्ट इन्स्योरेन्स कम्पनीले जनाएको छ । एभरेष्ट इन्स्योरेन्सका उच्च अधिकारीका अनुसार स्थायी कर्मचारी कसैलाई पनि निकालिएको छैन ।

Prabhu
Crest

सिद्धार्थ इन्स्योरेन्सबाट २२ जना प्रशिक्षार्थी कर्मचारी निकालिएका छन् । ट्रेनी कर्मचारीको रुपमा भर्ना भएकाहरुलाई कार्यसम्पादन मूल्याङ्कनको आधारमा अस्थायीमा लैजाने वा विदा दिने दुई मध्ये एउटा निर्णय दिने गरिएकोमा नियमित प्रक्रिया अन्तर्गत प्रशिक्षार्थी कर्मचारीलाई घर पठाइएको सिद्धार्थ इन्स्योरेन्सले जनाएको छ । सिद्धार्थ इन्स्योरेन्सले योग्य छनौटका लागि प्रशिक्षार्थीको रुपमा भर्ना गरिएका कर्मचारीहरु मध्य कार्यसम्पादान मूल्याङ्कनमा फेल भएका प्रशिक्षार्थी कामदारलाई विदा दिइएको हो ।

तर, कोरोना महामारीको समयमा कर्मचारीहरुको भान्सा नै अबरुद्ध हुने गरी अप्ठेरो अवस्थामा विदा दिएको गुनासो कर्मचारीहरुले गरेका छन् । विदा दिइएका कर्मचारीहरु मध्ये केहीले काम गरेर देखाउने मौका समेत नपाई विदा हुनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS