काठमाडौं । एनएमबि माइक्रो फाइनान्सले कम्पनीमा आवद्ध ४ सय ९३ जना कर्मचारीहरू को कोभिड १९ (कोरोना बीमा) गराएको छ । कम्पनीले आफना कर्मचारीहरुको बीमा एनएलजी इन्स्योरेन्स मार्फत गराएको हो ।
उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनीको लिमिटेड को क्षेत्रीय कार्यलय पोखरा अन्तर्गत हेम्जा शाखा बाट गराएको जनाएको छ । फाइनान्सले प्रत्येक कर्मचारी को एक लाख रुपैयाँको बीमा गराएको हो । फाइनान्सले रु २,९५,८३० बीमाशुल्क भुक्तानी गरेर रु ४ करोड ९३ लाख बराबरको कोरोना बीमा जोखिम सुरक्षण गराएको जनाएको छ ।