नयाँ बीमा कम्पनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन रकम १०३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन रकम १०० प्रतिशतले वृद्धि हुँदै १९ करोड ५० लाख पुगेको छ ।
खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७ लाख खुद मुनाफा गरेको छ।
७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा ३ करोड ७६ लाख रुपैयाँ रहेको छ भने बीमाकोष ४ करोड ११ लाख पुगेको छ ।