काठमाडौँ । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमध्ये अझै चार बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । एक जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनी यतिबेला प्रमुख कार्यकारी अधिकृत विहिन छन् ।
सिईओ बिहिन जीवन बीमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स पर्दछ। त्यस्तै, सिईओ बिहिन निर्जीवन बीमा कम्पनीहरुमा भने सानिमा जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स पर्दछन् ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत छैनन् । कम्पनीले अझै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन् । कम्पनीको महाप्रबन्धकमा शिवराम तिमिल्सना छन् भने चुणामणि चापागाईले नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
त्यस्तै, सानिमा जनरल, जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत बिहिन निर्जीवन बीमा कम्पनी हुन् । यी तीन निर्जीवन बीमा कम्पनीले पनि अझै प्रमुख कार्यकारी नियुक्त गर्न सकेका छैनन् ।
सानिमा जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त नै छ । सानिमा जनरलको नायव महाप्रबन्धकको जिम्मेवार सुबोध लाल श्रेष्ठले सम्हाल्दै आएका छन् ।
त्यस्तै, अर्को कम्पनी जनरल इन्स्यारेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको छ । उक्त कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोटलाई नियुक्त गरिएको छ ।
त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत छैनन् । पुरानो कम्पनी भए पनि इन्स्योरेन्सको प्रमुख कर्यकारी अधिकृत पद खालि नै छ । रमेश कुमार भट्टराईले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मवारी सम्हाल्दै आएका छन् ।