काठमाडौं । अब बीमितहरुले कारेना भाइरस बीमा योजना प्रभु पेमार्फत खरिद गर्न सकिने भएका छन् । हाल सञ्चालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीसँगको साझेदारीमा प्रभु पे मार्फत उक्त बीमालेख बीमितहरुले खरीद गर्न पाउने भएको कम्पनीले जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले अनलाइन मार्फत बीमा योजना खरिद गर्ने व्यवस्था गरेको हो । जसको लागि इच्छुक व्यक्तिले प्रभु पे मार्फत नै बीमा योजना खरिद गर्न सक्ने जनाइएको छ ।
प्रभु पे मार्फत बीमितले कोरनो भाइरस बीमा योजना खरिद गरेपश्चात् बाँकी जानकारीको लागि कम्पनी स्वयम्ले सम्र्पक गर्न कम्पनीले जनाएको छ । यस बीमालेख खरीदको लागि कुनै मोडिकल रिर्पोटको आवश्यक नपर्ने प्रभु पेले जनाएको छ ।