आईपीओ निस्काशन प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सले खुद मुनाफा ३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।
७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ छ।
तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।