एजेन्सी : वर्कसायर हाथवेको वार्षिक सभामा वारेन बफेटले वर्कसायर हाथवेले एयरलाइन्स कम्पनीमा लगानी गरेको सम्पूर्ण शेयरहरु बजारबाट बेचिदिएको जानकारी दिएका छन् । वारेन बफेटले अमेरिकाका प्रमुख एयरलाइन्स कम्पनी अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, साऊथवेस्ट एयरलाइन्स र युनाईटेड एयरलाइन्समा वर्कसायर हाथवेको नाममा रहेको सम्पूर्ण शेयर बेचेका छन् ।
बफेटको यो कदमले विश्वभरका एयरलाइन्स कम्पनीको शेयरमा बिक्री चाप आउने देखिएको छ। वारेन बफेटको यो कदम अमेरिकी एयरलाइन उद्योगको लागि खतरा हो । कोरोना भाइरसको कारण हवाईजहाज सेक्टरमा ठूलो असर परेसंगै वारेन बफेटले यो सेक्टरबाट हात झिकेको जानकार बताउँछन्। केही लामो समय सम्म यो क्षेत्रमा कोरोना भाइरसको असर पर्ने बफेटले प्रक्षेपण गरेका छन्।