Connect IPS
IME Life

आजैमात्र तराईका छ जिल्लाका ७४ जनामा कोरोना भेटियो, अवस्था भयावह बन्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको तराईका छ वटा जिल्लाका आज एकै पटक ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिराहार रौतहटमा सो संख्यामा कोरोना संक्रमित भेटिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको पुष्टि गरेका छन् । यद्यपि सो तथ्याङ्कलाई संघीय स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरिसकेको छैन ।

बिहिवार विहान काठमाडौंको जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको क्रममा धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित भेटिएको जनाइएको छ । यससँगै कूल संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । हिजो साँझ ९०१ पुगेको थियो ।

Prabhu
Crest

तराईका विभिन्न जिल्लाहरुका स्थानीय तहमा कोरोनाको संक्रमण भयावह देखिएको छ । नेपालको तराई क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतसँगको खुला सीमाको कारण नियन्त्रणका लागि नेपाल सरकारले गरेका हरेक प्रयासहरु विफल पार्दै दिनहु कोरोना भाइरस संक्रमितको संख्या बृद्धि हुँदै गएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS