Connect IPS
IME Life

शेयर बजारमा कस्ता लगानीकर्ताहरु सफल वा असफल हुन्छन् ? सरोज सिग्देलको लेख

SPIL
NIC ASIA new
Sanima Reliance

वारेन बफेट शेयर कारोवारमा सर्वाधिक सफल र विश्वको तेस्रो धनी व्यक्ति हुन् । उनका शेयर बजारका पुस्तकहरुको अध्ययन गरेर शेयर बजारमा लगानी गर्ने व्यक्तिहरुको कुनै कमी छैन तर सबै जना कहाँ वारेन बफेट बन्न सक्छन् र ! उचीत ज्ञान, तालिम, पुँजी र धैर्यता बिना शेयर बजारमा गरिएको लगानीबाट करोडपति बन्ने सपना बोकेर आएका धेरै लगानीकर्ताहरु रोडपति भएका उदाहरणहरु पनि धेरै छन् ।

Prabhu
Crest

कस्ता लगानीकर्ताहरु सफल र कस्ता लगानीकर्ताहरु असफल हुुन्छन् भन्नेकुरा उनीहरुको व्यवहार, शैलि, निर्णय गर्ने तरिकाबाट प्रस्ट देख्न सकिन्छ भन्ने कुराहरु शेयर बजारका वादशाह बफेटको पुस्तकहरुमा पढ्न पाइन्छ ।

सफल लगानीकर्ता हुन चाहनेहरुले निम्न कुरामा र बानीको विकास गर्नु पर्दछ :
वचत गर्ने बानीः
बफेट भन्छन् अनावश्यक खर्चबाट जोगिनु वचत गर्नु हो । खर्चबाट बच्नका लागि उनी पत्रिकाहरु पनि नकिनै पुरानो पढ्थे । त्यसै गरि तपाईँ हामीले पनि वचत गर्न सकियो र वचत गरेको पैसा राम्रो कम्पनीको शेयरमा लगानी गर्न सकियो भने त्यसबाट अत्याधिक प्रतिफल प्राप्त गर्न सकिन्छ ।

स-साना चुहावट रोक्नेः
हामीले अनावश्यक खर्च गर्नु भन्दा अगाडि एकपटक अवश्य पनि सोच्ने बानी बसाल्नु पर्दछ । हाम्रो जीवनमा पनि अनावश्यक विभिन्न खर्च वा चुहावट भइरहेका छन् र त्यस्ता चुहावट र फजुल खर्चलाइ नियन्त्रण गरि वचतमा वृद्धि गरौँ  र त्यो वचतको पैसालाई शेयरमा लगानी गरौ ।

निरन्तरताको आवश्यकताः
शेयर कारोवारलाई निरन्तरता दिनुहोस । कारोवारमा जस्तोसुकै उथल पुथल आएपनि संयमित रहँदै शेयर बढ्दा बिक्रि र घट्दा किन्ने बानीको विकासले अवश्य पनि यस कारोवारबाट धनी बन्न सक्नु हुनेछ ।

अरुलाई पछ्याउने भन्दा गुरु मान्ने : 
लगानीकर्ताहरु भिड, हल्ला र मिडियाको पछाडि लाग्नुभन्दा आफ्नै मौलिक सोच, विश्लेषण र अनुभवको आधारमा अगाडि बढ्नु पर्दछ जसका लागि यस व्यवसायमा सफल व्यक्तिलाई आदर्श मान्दै तिनका गुण र अनुभवबाट अभ्यास गर्न सकिन्छ।

कम्पनीको अध्ययन गर्नेः
कुनै पनि कम्पनीको शेयर किन्नु पूर्व त्यस कम्पनीका संस्थापकहरु, आय-व्यय, जगेडा कोष, शेयर कारोवारको इतिहास, कम्पनीले प्रदान गर्न सक्ने बोनस र राइट शेयरको अवस्था साथै पुँजी संरचनाको ज्ञान लिने बानी हुुन्छ। यस पछि आफुले गर्नु पर्ने वा गर्ने कुरामा दुविधा नलिने अथवा कुनै एउटा निर्णय लिने ।

जोखिम आकलनमा ध्यान दिनेः
कुनै पनि कम्पनीको शेयरमा हुने नोक्सानीको मूल कारण सुरुमा जोखिम आकँलन गर्न नसक्नु हो । बोनस र राइट शेयरको लोभमा त्यसको वास्तविक मूल्य भन्दा निकै धेरै तिर्नु भन्दा त्यस बखतमा त्यो शेयरलाई बेच्ने र आफ्नो मुनाफा सुरक्षित गर्दा राम्रो हुन्छ।

ऋणबाट टाढा रहनेः
ऋणबाट चल्ने जीवनमा अत्याधिक तनाव हुुने र शेयर बजार निरन्तर आम्दानी नहुने व्यवसाय भएकाले ऋण लिएर शेयर बजारमा लगानी गर्दा जोखिम हुन सक्छ।

सल्लाह र सझावको चहानाः
रेडिमेट सल्लाहको चाहाना राख्ने, नयाँ र साना लगानीकर्ताहरु सधैँ जोखिममा हुन्छन् । उनीहरु साना तिना शेयरहरु ६ महिनामा वृद्धि हुन्छ भन्ने कुराको भरमा आफ्नो दिमागको प्रयोग नगरि किन्न तत्पर हुन्छन् र उनीहरुलाइ यस्तो कुरा भन्नेपनि उनीहरुको छेउँछाउका नै हुन्छन् । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गर्छन् ।

छोटो समयमा धनी हुने मनोवृतिः
नयाँ र साना लगानीकर्ताहरु झटपट पैसा कमाउने चाहाना राख्दछन् । यो सोच्दै गर्दा उनीहरुले यो कुरा बिर्सिन्छन की यो व्यवसाय झटपट पैसा गुमाउने पनि ठाउँ  हो । यस्ता लागानीकर्ता प्रवेश गर्दा र बाहिरिँदा निकै उछाल आउने गर्दछ ।

कम मूल्यको शेयरलाइ सस्तो ठान्नेः
जुन शेयरको मूल्य कम छ त्यो सस्तो ठानी किन्ने प्रवृति निकै छ। जब कि यो सस्तो हुनूको कारण के हो र कम्पनीको आधरभूत अवश्था कस्तो छ र यसबाट कति प्रतिफल प्राप्त हुन्छ भन्ने कुराको ज्ञान बिना नै सस्तोमा धेरै कित्ता खरिद गर्दा  सफल भएको ठान्दछन् । जबकी शेयर मुल्य निकै सस्तो हुनु भनेको कम्पनीको अवश्था बिग्रिनुको उपज हो भन्ने कुरा बुझ्दैनन् ।

डरमा अगाडिः
धेरै लगानीकर्ताहरु बजारमा मन्दी आयो वा गिरावट आउन थाल्यो भने हड्बढाएर सस्तो मुल्यमा विक्रि गर्न थाल्छन् । कसैलाइ त यस्तो लाग्छ बजार घटेको समय नै कमाउने समय हो भनी सानो पुँजीका साथ ठूलाठूला खेल खेलेर बस्छन् र त्यसै खेलको सिकार बन्छन् । सबै गुमाइसकेपछि उनीहरुको एक मात्र भनाई हुन्छ भाग्यमा कमाउन लेखेको रहेनछ भन्दै सधैँ बजार प्रति नकारात्मक धारणा राख्दछन् ।

शेयर बजारमा बेला बखतमा ठूला लगानीकर्ताहरुले चलखेल गरि बजार बढाउने र घटाउने गरेको सून्ने गरिन्छ । जसका कारण नयाँ र साना लगानीकर्ताहरु अरुको भरमा लगानी गर्ने लगानीकर्ताहरु ठूलो मारमा पर्ने गर्दछन् । बजार यसरी अप्राकृतिक रुपमा घटबढ हुँदा ठूला लगानीकर्ता तथा अल्पकालिन लगानीकर्ताहरु नै नाफा आर्जन गर्ने गर्दछन् भन्ने कुराको ज्ञानको लागि हामीले शेयर बजार सम्बन्धि प्रशस्त ज्ञान र जानकारी हासिल आवश्यक पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS