काठमाडौं । तनँहुको दमौलीस्थित नेशनल एपोलो हस्पिटलले आफनो कर्मचारीहरुको सुरक्षाको लागि कोरोना बीमा गराएको छ । सगरमाथा इन्स्योरेन्समार्फत एपोलो हस्पिटलमा आवद्ध १६ जना कर्मचारीको बीमा गराएको छ ।
आईतबारदेखि शुभारम्म गरेको कोरोना भाइरस बीमा योजना हस्पिटलले सगरमाथा इन्स्योरेन्समार्फत गराएको कम्पनीले जनाएको छ । प्रतिव्यक्ति ५० हजार रुपैयाँको कोरोना भाइरस बीमालेख खरिद गरेको कम्पनीले जनाइएको छ । यस बीमालेखले कर्मचारीहरुलाई एक बर्षसम्म सुरक्षण प्रदान गर्दछ । हस्पिटलमा आवद्ध कर्मचारीहरुको सुरक्षाको लागि कोरोना भाइरस बीमा गरिएको हस्पिटालले जनाएको छ