SKIP THIS

MLBL
IME Life
Beema Board

खद्यान्न व्यवसायीलाई एनआइसी एशियाले क्यूआर कोड उपलब्ध गराउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालिन अवस्थामा खाद्यान्न घर घरमै र्पुयाएका व्यवसायीलाई क्यूआर कोड दिने भएको छ । लामो समय लकडाउनका कारण बैंकका ग्राहकसँग नगद अभाव हुनसक्ने भन्दै बैंकले क्यूआर कोड दिन लागेको जनाइएको छ ।

ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरेर क्यूआर कोडबाट सामानको भुक्तानी गर्न सक्छन् । बैंकले खाद्यान्न तथा अत्यावश्यक सेवा प्रदान गर्ने व्यवसायीलाई बैंकमा उपस्थित नभई इमेलमार्फत क्यूआर कोड दिने जनाएको छ ।

Prabhu
Crest

बैंकका अनुसार सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected]  मा आफूले गर्ने व्यवसायको प्रकृति खुलाइ क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको इमेल गर्नुपर्नेछ।

उक्त इमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, इमेल ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख भएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने र बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेलबाट पठाउने जनाइएको छ ।

बैंकका अनुसार व्यवसायीले त्यसपछि बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेलमार्फत क्यूआर कोड प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS