Connect IPS
IME Life

कोरोना भाइरस रोगको बीमाका लागि बीमा कम्पनीहरु तम्तयार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले आज औपचारिक कार्यक्रम गरी सुरु गर्न लागेको कोरोना भाइरस रोगको बीमाका लागि कम्पनीहरु तम्तयारी अवस्थामा देखिएका छन् । कोरोना बीमाका लागि सबै निर्जिवन बीमा कम्पनीहरुले तयारी सुरु गरेका हुन् ।

बीमा समितिले कोरोना रोग संक्रमणको पुष्टि हुने वित्तिकै एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई वटा बीमांक रकम भएको योजनासहितको नयाँ बीमा पोलिसी जारी गरेको छ । सो बीमा पोलिसी नेपाल बीमक संघसँगको सहकार्यमा पुलमार्फत सञ्चालन गरिँदैछ । पुलमार्फत सञ्चालन हुने हुँदा सामूहिक जोखिम बहन हुनेछ । सो बीमा पोलिसी औपचारिक रुपमा आजबाट बिक्री सुरु हुँदैछ । बीमा समितिले औपचारिक कार्यक्रम गरेर कोरोना बीमाको औपचारिक सुरुवात गर्न लागेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

Prabhu
Crest

कोरोना रोगको सम्पूर्ण उपचार नेपाल सरकारले व्यहोर्ने भएपनि प्रोत्साहन, पौष्टिक आहार खर्च, रोजगारी गुम्दा हुने क्षतिलाई आधार मानेर एक लाख रुपैयाँ वा ५० हजार रुपैयाँ (जुन बीमा गरिएको छ सोही) भुक्तानी गर्ने गरी नयाँ पोलिसी बनाइएको बीमा समितिले जनाएको छ । कोरोना भाइरसको परिक्षण पिसिआरमा पोजेटिभ देखिने वित्तिकै बीमा दावी भुक्तानी हुनेछ ।

उचपार खर्च बापतको बिल वा अन्य कुनै कागजात पेश गर्नुनपर्ने कोरोना बीमाको एक हजार रुपैयाँ भुक्तानी गरेपछि एक लाखको बीमा सुविधा पाइनेछ । त्यस्तै, सिंगो परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क तोकिएको छ । आधा रकमको मात्रै बीमा गर्न चाहेमा सो बीमा शुल्कको आधा मात्रै भुक्तानी गरे पुग्नेछ ।

आजबाट सुरु हुने नयाँ बीमा प्रोडक्टका लागि २० वटै निर्जिवन बीमा कम्पनीहरु तम्तयार रहेको देखिएको छ । उनीहरु मध्ये केहीले प्रचार सामग्री समेत तयार पारेर तम्तयार अवस्थामा रहेका छन् । बीमा समितिबाट आज औपचारिक रुपमा सूरु भएसँगै सबै बीमा कम्पनीहरु आ–आफ्नो तोकिएको क्षेत्रमा बीमाको प्रचार प्रसार सुरु गर्ने तयारीमा छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS