Connect IPS
IME Life

जताततै भेटिन थाल्यो कोरोना, चितवन र उदयपुरमा एकै दिन १४ जना थप संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरुद्धमा सरकारले २५ दिनदेखि सिंगो देशलाई लकडाउनमा राखेको भएपनि शुक्रबार जताततै कोरोना भेटिन थालेको छ । शुक्रबार एकै दिन चितवन र उदयपुरमा गरी १४ जना कोरोना संक्रमति थपिएका छन् ।

Prabhu
Crest

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा बेलायतबाट आएका दुई जना र उदयपुरमा १२ जनालाई कोरोना संक्रमितको पुष्टि भएको छ । उदयपुरमा भारतबाट नेपाल आई मस्जिदमा लुकेर बसेका १६ जना मध्ये १२ जनामा कोरोना देखिएको हो । उक्त मस्जिदमा १२ जना भारतीय र चार जना नेपाली रहेकोमा को को संक्रमित हो भनेर छुट्याउन कठिन भएपछि १६ जनालाई नै विराटनगर लगेर कोरोना अस्पतालमा राख्ने तयारी गरिएको छ । उनीहरु झण्डै डेढ महिना अघि नै नेपाल आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल संक्रमतिको संख्या ३० पुगेको जनाएको छ । हालसम्म कैलाली, बीरगन्ज, रौतहट, उदयपुर, चितवन, बाग्लुङ र कैलालीका मानिसका कोरोनाको संक्रमण भेटिएको छ । शुक्रबार फेला परेका कोरोना संक्रमतिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS