IME Life
Beema Board

उत्साहप्रद रह्यो निर्जिवन बीमा कम्पनीहरुका लागि २०७६ साल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बीमा क्षेत्रले ७ दशक भन्दा लामो इतिहास पार गरिसकेको छ । यो अवस्थामा नेपाली बीमा बजारका लागि वि.स २०७६ उपलब्धिमूलक रह्यो । अन्य वर्षको तुलनामा वि.स २०७६ मा बीमाक्षेत्रमा आधारभूत उपलब्धि धेरै भए, जसले गर्दा यो वर्ष बीमाक्षेत्रका लागि ऐतिहासिक कायपलट नै भएको मानिन्छ ।

सन् २०१७ मा बीमाको पुहँच १० प्रतिशत मात्र थियो । सन २०१८ मा बीमाको पहुँच ४ प्रतिशत बढेर १४ प्रतिशतसम्म पुग्यो । अहिले अर्थात सन २०१९ मा बीमाको पहुँच ६५ प्रतिशत पुगिसकेको छ । परम्परागत बीमा योजनामा सीमित नेपाली बीमा बजारमा पछिल्लो समय आधुनिक योजना देखिन थालेका छन् ।

Prabhu
Crest

बीमा समितिले निर्जीवन बीमा क्षेत्रमा पनि धेरै उपलब्धीमुलक कार्यको लागि विभिन्न योजना तथा निर्देशनहरु जारी गरेका कारण बीमा आम जनताको जीवनसँग जोडिन पुग्दा जनताका लागि बीमा कम्पनी र बीमा कम्पनीका लागि जनता हुन पुगेको छ । गाउँका गरिब किसान सरकारले दिएको ७५ प्रतिशत कृषि बीमाको अनुदानबाट लाभ लिइरहेका छन् भने खेतबारीमा लगाएको बालीको जोखिम बहन बीमा कम्पनीहरुले गरिरहेका छन् । त्यस हिसाबले किसान र बीमा कम्पनी दुवैका लागि यो वर्ष निकै फलदायी रह्यो ।

विगतका वर्षहरुको व्यापारलाई उछिन्दै यस वर्ष निर्जिवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा १७ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । शाखा सञ्जाल पनि देशैभरि विस्तार भई हालसम्म कूल शाखा कार्यालय सङख्या १ हजार १ सय ७० वटा पुगेका छन् । कम्पनीमा ४ हजार ८ सय ६१ जना कर्मचारीहरु आवद्ध छन् ।

लघुबीमाको व्यवसायमा आएको बृद्धि, स्वास्थ्यबीमाप्रति बढेको जनचेतना, बीमा साक्षरता कारण यस वर्ष निर्जिवन बीमा क्षेत्रमा निकै राम्रो प्रगति हुँदा सिंगो बीमा क्षेत्रमा उत्साह बढेको छ । शाखा सञ्जाल विस्तार, पुँजि बृद्धि, जनशक्तिको विकास तथा व्यापारमा आएको छलाङले निर्जिवन बीमा व्यवसाय २०७६ सालले नयाँ आशाको किरण छर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS