काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी वर्ष २०७७ सालको डिजिटल वार्षिक क्यालेन्डर आज सार्वजनिक गरेको छ । डिटिजल कार्यालय मार्फत कम्पनीले आफनो वेवसाईट मार्फत सार्वजनिक गरेको डिजिटल क्यालेण्डरमा नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको विवरण हेर्न पाइन्छ ।
कम्पनीले आफनो वेवसाइटमा डिजिटल क्यालेण्डरको लिङ सार्वजनिक गरेको हो । डिजिटल क्यालेण्डर कम्प्युटर तथा मोबाईल दुवैमा सजिलै प्रयोग गर्न सकिने जनाएको छ ।
आज सार्वजनिक गरिएको डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कम्प्युटर तथा मोवाइलका लागि लिंक