IME Life
Beema Board

बीमा समितिका लागि २०७६ सालः शसक्त नियमनकारी भूमिका, बीमा पहुँचमा नयाँ रेकर्ड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका लागि २०७६ साल उल्लेख्य उपलब्धीपूर्ण रह्यो । बीमा समितिले यस यस वर्ष शसक्त नियमनकारी भूमिका देखि बीमाको प्रचार स्थानीय जनतासम्म पुर्याउन प्रभावकारी भूमिका खेल्न सफल भएको छ ।

बीमा समितिले बीमा क्षेत्रको नेतृत्व गर्दै अघि बढिरहँदा २०७६ साल सर्वाधिक सफल वर्ष मान्न सकिने केही आधारहरु भेटिएका छन् । २०७६ सालमा बीमा पहुँच करिब ९ अंकले बढेको छ । वितेका कैयौं वर्ष जम्मा ९ अंकको बीमाको पहुँच पुग्न नसकेको बेला २०७६ साल एकै वर्षमा झण्डै दुई अंकको बीमा पहुँच बृद्धि हासिल गर्नु नेपाली बीमाको इतिहास एउटा नयाँ अध्याय पक्कै हो ।

Prabhu
Crest

बीमा समिति स्थापना भएको आधा शताब्दी नाघि सकेको छ भने नेपालमा बीमा व्यवसायको सुरुवात भएको सात दशक नाघि सकेको छ । तर, नेपालमा बीमाको पहुँच भने बढ्न सकेको थिएन । दुई वर्षदेखि बीमाको पहुँच यति धेरै बृद्धि भयो कि केहीले विश्वास गर्नै मुश्किल पर्ने अवस्थामा छ ।

‘शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’, नयाँ बीमा कम्पनीको स्थापना आदि जस्ता कारणबाट बीमाको पहुँच ग्रामिण तहसम्म पुगेको छ । समितिले बीमा कम्पनीहरुलाई घुम्ती बीमा व्यवसाय सञ्चालन गर्न बाटो खुल्ला गरिदिएको छ, जुन नेपाली बीमा बजारका लागि नयाँ अभ्यास हो । बीमा कम्पनीहरुले यस निर्देशिकामा रहेर काम अघि बढाईसकेका छन् । साथै, समितिले सहिद परिवारका सदस्यको ५० प्रतिशत छुटमा दुर्घटना बीमा गर्ने प्रावधान पनि ल्याएको छ । यस्तै, कृषि बीमामा कफी, चिया, सुन्तला, जुनार, कागती लगायतका कृषि बालीर पन्छी बीमा अन्तर्गत कालिजको बीमालेख जारी गरिएको छ ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक २०७६/७७ को फागुन महिनासम्ममा नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको जनाएको छ । गत वर्षको चैत्रमा १७ प्रतिशत हाराहारी मात्रै थियो । समितिका अनुसार उक्त अवधिमा जीवन बीमा कम्पनीहरु मार्फत फागुन मसान्तसम्म ७२ लाख ७ हजार ६९८ वटा बीमालेख जारी भएका छन् । जसमध्ये ८ लाख ५७ हजार ७८ वटा बैदेशिक बीमालेख जारी भएका छन् । अन्य बीमालेखको संख्या भने ६३ लाख ४९ हजार ९ सय रहेको छ । ६० अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा १ हजार ८ सय २७ वटा कार्यालयहरु रहेका छन् भने जसमा ५ हजार ५ सय ४१ जना कर्मचारीहरु कम्पनीमा आवद्ध छन् । त्यस्तै, १६ लाख ३२ हजार ४ सय ४१ जना निर्जिवन बीमा कम्पनीको दायरामा रहेका छन् । निर्जिवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा १७ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुको कार्यालय सङख्या १ हजार १ सय ७० वटा रहेका छन् भने कम्पनीमा ४ हजार ८ सय ६१ जना कर्मचारीहरु आवद्ध छन् ।

बीमा समितिले यस बर्ष केहि उपल्बधी मूलक कामहरु गरेको छ । इच्छुक कम्पनीहरुको लागि मर्जरको निति समेत अघि सारेको छ । त्यसै त नेपाली बजारमा बीमा कम्पनीहरु बढी भएको भन्दै विज्ञहरुले औल्याए पनिबीमा समितिले नयाँ कम्पनीलाई स्विकृति दिएको थियो ।

आफैले नयाँ कम्पनीलाई स्विकिति दिएर पुनः मर्जरमा लानु बीमा समितिले चालेको यस कदम प्रति विज्ञ एवं बीमा कम्पनीका सिइओ र संचालकहरुले समेत यस बिषयमा खण्डन गरेको थियो ।
बीमा समितिका अनुसार गत असोजमसान्त सम्ममा ९० हजार ९ सय २७ जना पुराना अभिकर्ताहरुले मात्रै नविकरण गराएका छन् । बाँकीको अवस्था अज्ञात छ । त्यस्तै, चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ७४ हजार २ सय ४९ जना नयाँ बीमा अभिकर्ताहरु जीवन बीमा क्षेत्रमा आवद्ध भएका छन् । जीवन बीमा अभिकर्ताको संख्या एक लाख हाराहारी मात्रै छन् । त्यस्तै, निर्जिवन बीमा क्षेत्रमा अनुसार ४ सय २२ जना बीमा सर्भेयरहरु छन् ।

त्यस्तै, बीमा समितिको सञ्चालक बोर्ड सदस्यमा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
२०७६ सालमा बीमा ऐन २०७५ को मस्यौदा विधेयक अर्थमन्त्रालयमा छलफल भएपनि एने पास हुन भने सकेन । विश्वभर आंतकित रुपमा फैलिरहेको कोभिड १९ कोरोना रोगको सक्रमणले गर्दा बीमा विधेयकले पूर्णता भने पाउन सकेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS