आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा थियो ।

त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार