IME Life

ग्याँस आपूर्ति सहज भएको निगमको घोषणा, अब भरी सिलिण्डर पाइने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल आयल निगमले देशैभरि ग्याँस आपूर्ति सहज भएको घोषणा गरेको छ । लकडाउनसँगै ग्याँसको हाहाकार मच्चिन पुगेपछि आधा सिलिण्डर ग्याँस दिन थालेकामा अब ग्याँस बिक्री हुन छोडेपछि ग्याँस आपूर्ति सहज भएको घोषणा गर्दै अबदेखि भरि सिलिण्डर नै बिक्री गर्ने घोषणा गरेको हो ।

निगमले आज एक बिज्ञिप्त प्रकाशित गर्दै बिहिवारदेखि भरी ग्याँस सिलिण्डर ग्यास भर्ने र आइतबारबाट भरि ग्याँस नै बिक्री गर्ने निर्णय गरेको छ । ग्याँसको अभाव हटेपछि निगमले यस्तो निर्णय गरेको हा । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार होटलहरु बन्द रहेको र घरमा राखिएको अधिकांश ग्याँस सिलिण्डर भरि रहेकाले ग्याँसको आपूर्ति घटेर भारतबा आएका बुलेट अनलोड गर्न समस्या परेपछि भरि ग्याँस नै बिक्री गर्ने निर्णय गरिएको हो । खाना पकाउने एलपी ग्यासको पर्याप्त मौज्दात रहेकाले भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरिएको पनि कार्यकारी निर्देशक पौडेलले बताए ।

Prabhu
Crest

उपभोक्ता सिलिण्डर बोकेर लाइन बस्न थालेपछि निगमले चैत १२ गतेको निर्णय अनुसार ग्यास उद्योगीहरुलाई चैत १५ गतेदेखि ७.१ केजी ग्यास भरेर बजारमा पठाउन निर्देशन दिएको थियो । ग्याँस आपूर्ति १५ दिनमा मै समाधान भएको निमगले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS