काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले कोरोना उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कम्पनीले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना रोगको उपचारको लागि १६ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको जनाइएको छ ।