Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानद्धारा कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा एक करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले विश्वभर फैलिएको कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।

संस्थानले आज जनाए अनुसार सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा आज बुधबार बसेको सञ्चालक समितिको बैठकले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने संक्रमणको रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड जम्मा गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

संस्थानले सामाजिक उत्तर दायित्व अन्तर्गत सो रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गरिएको संस्थानले जनाएको छ । साथै संस्थानले सो रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS