Connect IPS
IME Life

भारतको शेयर बजारका दुई ठूला घोटाला र हामीले सिक्नु पर्ने पाठ

SPIL
NIC ASIA new
Sanima Reliance

भारतीय शेयर बजारको सबै भद्ना ठुलो घोटाला भन्ने वित्तिकै सबै भद्ना माथि हर्सद मेहता घोटाला आउँछ । भारतीय शेयर बजारको बारेमा रुची राख्ने अधिकांश लगानीकर्ताले हर्साद मेहेताको नाम सधै सम्झिरहने छन्। हर्साद मेहेतासँगै उनका चेला केतन पारेखको नाम पनि भारतीय शेयर बजारको घोटालाको नाममा अग्रस्थानमा आउँछ। हर्सद मेहता सामान्य घरबाट आएका व्यक्ति हुन भने केतन पारेखले आफ्नो करियर सुरु गर्ने थलो हर्साद मेहेताको ब्रोकर कम्पनी थियो।  केतन पारेख हर्साद मेहेताको ब्रोकर कम्पनीमा ट्रेनीको रुपमा प्रवेश गरेका थिए। केतन पारेख चार्टर्ड अकाउंटेंट (सीए) थिए। मेहता र केतन दुवै शेयर ब्रोकर थिए ।

कसरी भयो हर्सद मेहता घोटाला ? 
९० को दशकमा भारतमा दुईवटा बजार समानान्तर रुपमा चलिरहेका थिए। एउटा शेयर कारोवार र अर्को  थियो सरकारी बन्ड कारोवार हुने बजार। तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई (बन्ड) भनिन्छ ।

Prabhu
Crest

बैधानिक तरलता अनुपात कायम गर्न ९० को दशकमा भारतीय बैंकहरुले निश्चित प्रतिशत अनिवार्य रुपमा सरकारी बन्डहरुमा लगानी गर्नु पर्थ्यो। तर प्रत्यक दिन केन्द्रिय बैंकद्वारा तोकिएको बैधानिक तरलता अनुपात कायम गर्नु पर्दैन थियो। शुक्रबारसम्म सो अनुपात कायम गर्न मिल्ने व्यवस्था थियो। त्यसैले बैंकहरुमा साताको सुरुमा बोन्ड बेच्ने र साताको अन्तिम तिर आएपछि बोन्ड किन्ने प्रचनल थियो ।

त्यस्तै जुन बैंकमा बैधानिक तरलता अनुपात धेरै हुन्थ्यो त्यो बेला बैंकहरु बन्ड बिक्री गर्थे भने र बैधानिक तरलता अनुपात कम हुने बैंकहरु बन्ड किन्न खोज्थे ।  बैंक र बैंकको बीचमा सिधै बन्ड खरीद बिक्री हुदैँन थियो, उनीहरुको मध्यस्थकर्ता ब्रोकर हुन्थे र ती ब्रोकर थिए हर्सद मेहता !

हर्सद मेहताले बैंकका उच्च व्यवस्थापनसँग राम्रो सम्बन्ध बनाएका थिए । धेरै बैंकहरुले बन्ड खरिद बिक्री गर्नको लागि हर्सद मेहतालाई पहिलो सूचीमा राख्थे ।

बन्ड किन्न खोज्ने बैंकले बिक्री गर्ने बैंकको नाममा चेक काट्नुको साटो हर्सद मेहताको नाममा चेक दिन्थे । त्यस्तै बन्ड बिक्री गर्ने बैंकलाई सो रकम हर्सद मेहताले आफ्नै नामको चेकबाट दिन्थे ।  यसै बीच मेहताले दुई बैंक बीचको राफसलाई केही समय धकल्दा उनीसँग केही राम्रो पैसा हुन्थ्यो र त्यो पैसाले उनी शेयर बजारमा लगानी गर्थे। जब बन्ड बिक्री गर्ने बैंकलाई पैसा दिने बेला आउँछ त्यो बेला मेहताले अर्को बैंकसँग बन्ड खरिद गर्न पैसा लागिसकेको हुन्छन् । यसरी उनले एउटा चेन बनाएको हुन्छ । चेन मार्फत मेहताले आफुसँग राम्रो पुँजी सधै राखिरहेको हुन्छ। उनले यो पैसाले कुनै निश्चित कम्पनीको ठूलो कित्ता शेयर किनी त्यो कम्पनीको मूल्य बढाउने काम गर्छन्। स्मरण रहोस यही शुत्र प्रयोगबाट एसीसी कम्पनीको शेयर मूल्य २०० रुपैयाँबाट ९,००० रुपैयासम्म पुग्यो।

उनी यतिमा मात्र रुकेनन्, मनमा अझै धेरै लोभ पलायो । त्यस ताका बैंकहरुले अर्को बैंकबाट बन्ड खरिद गरे पश्चात खरिद गरेको प्रमाण स्वरुप बैंक रिसिप्ट पाउँथे । अर्को बैंकबाट बन्ड किनेको प्रमाण नै बैंक रिसिप्ट हुन्थ्यो। अब हर्सद मेहताले नक्कली बैंक रिसिप्ट बनाउन थाले। मानौ कुनै बैंकले बन्ड किन्नु पर्यो भने मेहेताले उनीहरुसँग पैसा त लिन्थे तर उसले दिएको बन्ड किनेको प्रमाण (बैंक रिसिप्ट) नक्कली हुन्थ्यो । यसरी नक्कली रिसिप्ट बाट मेहताले करिव १५०० करोड लिएको र सो रकमले शेयर बजारमा लगानी गरेको देखिन्छ ।

भारतीय शेयरबजारका लगानीकर्ताहरुले हर्सद मेहतालाई बिग बुलको नामबाट पनि चिन्थे । यसरी हर्सद मेहताले गर्दा शेयर बजारमा बुल सुरु भयो । यसरी हर्सद मेहताले राम्रो पैसा बनाए । उनी शेयरको मूल्य बढाउँनमा माहिर थिए।उनले गर्दा एकै वर्षमा दोश्रो बजार १००० विन्दु बाट ४५०० विन्दु सम्म पुगेको थियो। प्रतिशतको आधारले यो निकै ठूलो बुल हो।

तर पत्रकार सुचिता दलालले टाइम्स अफ इन्डियामा अप्रिल २३, १९९२ मा हर्सद मेहताको गलत काम पर्दाफास गरेसँगै भारतीय शेयर बजारमा ठूलो मन्दी आयो। अदालतले हर्सद मेहेतालाई दोषी ठानी जेलमा हालियो । हर्सद मेहता काण्ड पछि शेयर बजारलाई मात्र होइन बैंकहरुलाई पनि ३००० देखि ४००० करोड सम्म नोक्सानी भएको अनुमान गरिएको थियो। जेल जीवनमै बिरामी भएर अस्पतालमा हर्सद मेहताको मृत्यु भएको थियो।

हर्सद महेता काण्ड पछिको अर्को ठुलो घोटाला भनेको केतन पारेख घोटाला रहेको छ । सीए केतन पारेखको घोटाला यस प्रकार छ ?

१. पम्प एन्ड डम्प :
सुरुमा केतनले कुनै सानो कम्पनीको शेयरमा लगानी गर्थे । त्यसपछि त्यो कम्पनीमा आफ्नो समुहको २० -२५ प्रतिशत हिस्सा पुर्याउँथे। त्यसपछि त्यो कम्पनीको बारेमा हुँदै नभएका सकारात्मक सूचना प्रवाह गर्थे। सो गलत हल्लाले धेरै लगानीकर्ताको ध्यान उक्त शेयरमा केन्द्रित हुन्थ्यो र लगानीकर्ताहरु उक्त शेयर राम्रो खरिद गर्थे। अन्त्यमा जब त्यो शेयरमा बुल आउँछ तब चेतनले त्यो शेयर बेचेर आफुले नाफा लिन्थे। अन्त्यमा, सोझा लगानीकर्ताहरु फस्थे।

२. सर्कुलर ट्रेडिङ्ग :
शेयर बजारका सस्थांगत लगानीकर्ताहरु जहिले पनि अत्याधिक तरल शेयर किन्न मन पराउँछन। अब केतनले सस्थागत लगानीकर्ताहरुलाई जालमा पार्न खोज्छन्।

केतनले धेरै कम्पनीका शेयरमा कहिले खेलेनन्। केतन जहिले पनि १० वटा शेयरमा मात्र खेल खेल्ने गरेका थिए। ती १० कम्पनीका शेयर ठूला सस्थागत लगानीकर्तालाई किनाउँन प्रयास गर्थे ।

उनी सुरुमा आफैले त्यो कम्पनीको शेयर किन्छन् र आफ्नो समूह भित्र प्रत्यक दिन ठूलो मात्रामा शेयर कारोवार गराउँछन्। खासै शेयर कारोवार नहुने कम्पनीमा राम्रो परिमाणमा शेयर कारोवार भएको देखाएर केतनले सस्थागत लगानीकर्तालाई त्यो शेयर खरिद गराउँछन् । सस्थागत लगानीकर्ताहरुले त्यो शेयर खरिद गरेको देखे पश्चात साधारण लगानीकर्ताहरुले पनि त्यो शेयर खरिद गर्न तर्फ लाग्छन्। यसरी अब ती शेयरमा अत्याधिक कारोवार हुन्छ र दिन प्रतिदिन मूल्य पनि वृद्धि हुन थाल्छ । सोही मौका छोपेर चेतन र समूह शेयर बेचेर फाईदा लिन्छन्।

३. शेयरमा लगानी गर्ने पैसा गैरकानुनी श्रोतबाट :
केतन शेयर बजारलाई आफु खुशी चलाउन आवश्यक पुँजी शेयर बजारमा सुचिकृत कुनै कम्पनीका ठूला शेयरधनीबाट लिने गर्थे। ठूला लगानीकर्तालाई केतननले उक्त कम्पनीको मुल्य वृद्धि गराईदिने भनी पैसा लिने गर्थे। ठूला शेयरधनीहरुलाई केतनको यो प्रस्तावका दुईवटा तरिकाबाट फाइदा हुन्थ्यो । एक आफ्नो कम्पनीको ठूलो मात्रामा शेयर बेच्दा राम्रो फाईदा हुने र अर्को शेयर मूल्य वृद्धि भए पश्चात बैंकबाट धेरै कर्जा पाउने। यसरी केतनले राम्रो पुँजी शेयर बजारमा लगानी गर्ने गरेका थिए । सर्कुलर ट्रेडिङ्ग र पम्प गरेर त्यो कम्पनीको शेयर मूल्य राम्रो वृद्धि गराईन्छ।

त्यस्तै केतनले बैंकबाट पनि ठूलो मात्रामा कर्जा लिएर शेयर बजारमा लगानी गर्ने गरेका थिए । सुरुमा शेयरको मूल्य बढाउने र मूल्य वृद्धि भए पश्चात बैंकबाट कर्जा लिने कार्य हुँदै आएको थियो। तर भारतीय शेयर बजारमा घट्दो प्रवित्ति सुरु हुँदा उनले बैंकको कर्जा तिर्न सक्दैनन् र अन्तिममा उनी माथि छानविन हुँदा सम्पूर्ण तथ्य सार्वजनिक हुन्छ।

हर्सद मेहता काण्ड पछि पुँजी बजारमा प्रविद्धिको धेरै प्रयोग हुनु पर्ने देखियो भने केतन पारेख घोटाला पछि शेयर बजारको नियामक निकाय देखि देशको केन्द्रिय बैंकले आक्रामक रुपमा बजारको सुपरिवेक्षण गरिराख्नु पर्ने देखियो।समयसँगै बलिया कानुनहरु तजुमा गर्नु पर्ने देखिन्छ। त्यस्तै शेयर बजारमा गैरकानुनी काम गरेर शेयर बजारलाई प्रभावित पार्नेलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धीत निकायको भूमीका आक्रामक हुनु पर्ने देखिन्छ।

यी दुई घटनाले लगानीकर्तालाई पनि केही शिक्षा दिएको छ। लगानीकर्ताहरुले धेरै लोभ गर्दा, बजारलाई आफु खुशी चलाउँन खोज्दा अन्त्यमा खाल्टोमा परिन्छ र जीवन र करियर नै समाप्त हुन्छ।

यी दुई घटनाले शेयर बजार विकास र विस्तारमा संचार माध्यम र पत्रकारको पनि ठुलो हात हुने देखिएको छ। पत्रकार सुचिता दलालले हर्सद मेहता घोटाला र केतन पारेख घोटाला पर्दाफास पार्न ठुलो हात रहेको छ। यसैको कारण पत्रकार सुचिता दलाललाई राष्ट्रपतिबाट पद्मश्री अवार्ड प्राप्त भएको थियो। खोज मुलक पत्रकारिता गर्ने सुचिता दलालले हर्सद मेहताको घोटालाको बारेमा लेखेसँगै उनको करियरले नै नयाँ मोड लगेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS