Connect IPS
IME Life

बीमा अभिकर्ताको लकडाउन दैनिकीः बीमित र बीमा कम्पनीबीच सम्पर्क गराउँनमै व्यस्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुको मुख्य मेरुदण्ड अभिकर्ताहरु हुन् । हाल फैलिरहेको विश्वव्यापी महामारी कोरोना भाइरसका कारण बीमा कम्पनीहरुले बीमा अभिकर्ताहरुले बीमितहरुलाई क्वारेन्टाइनमा सुरक्षित रहनको लागि आग्रह गरेको छ । बीमा अभिकर्ताहरुको आम्दानीको मुख्य स्रोत बीमा व्यवसाय यतिबेला ठप्पप्रायः छ ।

त्यस्तै, बीमा सम्बन्धी जानकारी जनताको बीचमा पुर्याउने, अभिकर्ताले बीमित समक्ष गएर बीमा चेतना जगाउने उनीहरुको मुख्य काम हो । लकडाउनको अवधिमा बीमा गतिविधि ठप्प नै छ ।
बीमा कम्पनीहरुले बीमितको सुविधाको लागि अनलाइनको माध्यम प्रयोग गर्न आग्रह गरेको छ । देशभरिमा पाँच लाखभन्दा बढि बीमा अभिकर्ता रहेको बीमा समितिको तथ्याङ्क छ । यस्तो परिस्थितिमा बीमा अभिकर्ताहरु के गर्दैछन् ? इन्स्योरेन्स खबरले बीमा अभिकर्ताहरुको लकडाउन दैनिकीबारे तयार पारेको एक रिपोर्ट ।

Prabhu
Crest

नन्द प्रसाद तिवारी, अध्यक्ष पेशागत अभिकर्ता संघ नेपाल, तथा अभिकर्ता, नेपाल लाईफ इन्स्योरेन्स

लकडाउनको समयमा सकेसम्म आफनो सुरक्षाको लागि घरमा नै बस्नको लागि आग्रह गर्दछु । यो समय संयमितता अपाउने बेला हो । हामी पनि घरैमा बसिरहेका छौं । बीमितका कुनै समस्याहरु छन् ? भनेर सोधपुछ गर्दैछौं । कुनै समस्या आएमा सम्पर्क गर्न भनेका छौं । हामी केही व्यस्त पनि छौं । बीमा कम्पनी र बीमितलाई आपसमा सम्पर्क गराउनु पर्ने हुँदा बीमा एजेन्टहरु यतिबेला घरैमा लकडाउन अवस्थामै बसेर बीमाकै काममा व्यस्त छौं ।
अहिलो समयमा हामीले नयाँ पोलिसी बिक्रि गरेका छैनौ । एक व्यक्तिबाट अर्को व्यक्ति सहजै सर्न सक्ने भएको कारणले बीमित समक्ष हामी पुग्ने कुरा पनि भएन । युरोप जस्तो देशमा त यस्ले ठूलो नै असर गरेको छ भने नेपालले समयमा नै अझै सुरक्षा अपनाउनु जरुरी देखिन्छ ।
साथै बीमितहरुको सेवा सुविधाको लागि कम्पनीहरुले अनलाइनको माध्यमबाट दाबी र अन्डरराइटिङको प्रकृया अघि बढाउन व्यवस्था गरेको छ । जसका लागि कम्पनीको वेवसाइटमा सम्पूर्ण जानकारी राखेका छौ । कम्पनीको वेवसाइट मार्फत बीमितले जानकारी लिन सक्नेछन् । साथै हामीले पनि बीमा कम्पनी र बीमितलाई जोड्ने पुलको रुपमा काम गरिरहेका छौं र सबैलाई पुलको भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।

चन्द्रा कुमारी रानामगर, अभिकर्ता, महालक्ष्मी लाइफ इन्स्योरेन्स

हामीले यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ । सरकारले लकडाउन अवधिभर घरभित्रै सुरक्षित रहनको लागि आग्रह गरेको छ । त्यसैले नयाँ पोलिसी बिक्री गरेका छैनौ ।
बीमा अभिकर्ता भनेको बीमितलाई बीमा सम्बन्धी जानकारी दिने पेशा हो । तर यस्तो अवस्थामा हामीले बीमितहरुलाई संयमित भएर बस्नु नै भन्नुपर्छ । लकडाउन पश्चात् पुनः हामी बीमित समक्ष पुग्ने नै छौ । त्यसैले यस्तो अवस्थामा स्वास्थ्यमा ध्यान दिएर घरमै सुरक्षित रहन आग्रह गर्दछु ।

होम आले, अभिकर्ता, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल

लकडाउनको अवधिभर अभिकर्ताहरुले नयाँ पोसिली हामीले सेल गरेको छ,जस्तो मलाई लाग्दैन । यो समय कसरी कोरोनासँग बच्न के कुरामा ध्यान दिने भनेर सोच्ने बेला हो । त्यसैले बीमितहरुलाई सरकारले तोकेको क्वारेन्टाइन अवधिभित्र सुरक्षित रहन आग्रह गर्दछु ।
मुख्यतः बीमितहरुलाई भेटेर बुझाउने नै भएको कारणले गर्दा हाल नयाँ पोलिसी सेल गर्न अवस्था सम्भव नरहेकोले घरमा नै सुरक्षित रहन सबै बीमितहरुलाई आग्रह गर्दछु ।

संगिता भट्टराई, अभिकर्ता, नेशनल लाइफ इन्स्योरेन्स

अहिले सबैतिर लकडाउनको असर परेको छ । यस्तो अवस्थामा हामीले आफनो सुरक्षा आफै गनुपर्छ ।
अहिलेको अवस्थामा हामीले नयाँ पोलिसी सेल गरेका छैनौ । बीमा समितिले लकडाउन अवधिभरको लागि विलम्ब रकम छुटको व्यवस्था ल्याएको छ । यसको बिषयमा हामीले बीमितहरुलाई विभिन्न माध्यमबाट जानकारी गराएका छौ ।

उपमा न्यौपाने, अभिकर्ता, एशियन लाइफ इन्स्योरेन्स

लकडाउन छ, बीमितहरुलाई प्रत्यक्ष भेट्न कुरा त भएन । तर, पनि अनलाइन र फोनको माध्यमबाट बीमा पोलिसीको बारेमा कुरा गर्दा उहाँहरुको प्रतिकृया राम्रो नै आईरहेको छ ।
अहिलेको अवस्थामा हामीले चाहेर पनि बाहिर हिड्न सक्ने वातावरण छैन । यस्तो अवस्थामा बीमितहरुलाई समस्या नहोस् भनेर कम्पनीले पनि अनलाइनमार्फत नै सेवा प्रदान गरिहरहेको हुँदा बीमीतहरुलाई अनलाइन कारोबार गर्न र सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दछु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS