काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले कोरोना भाइरसको महामारीका कारण बन्द रहेको कार्यालयलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्दै ७ वटै प्रदेशका पदाधिकारीहरुको सम्पर्क नम्वर सार्वजनिक गरेको छ ।
सो कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा सेवाका लागि प्रदेश पदाधिकारीहरुको नम्वरमा सम्पर्क गर्न आग्रह गरेको हो । साथै कम्पनीले सूचनामार्फत आफ्ना बीमितहरुलाई लकडाउनका कारण हाल बीमा शुल्क भुक्तानी गर्न नसकेको अवस्थामा पनि ब्याज तथा जरिवना नलाग्ने जनाएको छ । समस्या परेका जोसुकै सेवाग्राहीहरुले सिधैं कम्पनी वा प्रदेशका पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने जनाएको छ ।