काठमाडौं । बीमालाई जोखिम व्यवस्थापनको साधन पनि भनिन्छ । बीमाले हरेका मानिसहरुको भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्ने गर्दछ त्यसकारण बीमालाई जोखिम व्यवस्थापनको एक माध्यमको रुपमा लिइन्छ ।
बीमामा न्युनतम खर्च बिमाशुल्कमा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर, सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन ।
घटना अनिश्चित भएका जोखिमहरुलाइ बीमाले कभर गर्ने गर्दछ । जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन ।
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ रु सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो । जीवन बीम गरिएको अवस्थामा मृतक भएको विमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ।
क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।
बीमा गर्दा निश्चित बीमशुल्क बुझाउनु पर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्यस्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।
बीमा कम्पनीहरूलाई बिमाशुल्क निर्धारणको निमित्त उस्तै प्रकारका धेरै जोखिमहरूको प्रस्ताव प्राप्त हुनुपर्छ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुइटा मात्र छन् भने बीमाशुल्कको निर्धारण बढी हुन्छ ।
त्यसकारण बीमा सबैको लागि अपरिहर्य हुन्छ बीमाले भइपरि आएका जोखिमहरुलाई कम गर्ने काम गर्दछ ।