काठमाडौं । १९ वटा निर्जिवन बीमा कम्पनीहरुले फागुन महिनाको अन्त्यसम्ममा १७ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।
बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुनसम्ममा १९ वटा कम्पनीहरुले १७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको फागुनमसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले आठ महिनाको अवधिसम्ममा १ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स १ अर्ब २३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
करोडमा बीमाशुल्क आर्जन गर्ने कम्पनीहरु :
बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा प्रभु इन्स्योरेन्सले ९८ करोड रुपैयाँ, आइएमई लाइफले ९२ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ८२ करोड रुपैयाँ, हिमालयन जनरलले ७८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७१ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७६ करोड रुपैयाँ , नेशनल इन्स्योरेन्सले ५७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ४८ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।