Connect IPS
IME Life

यो विषम परिस्थितिमा शेयर बजार खोल्नु कसको हितमा होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

* सरकारले जनतालाई कोरोना बाट बचाउन Self Quarantine मा बस्न अनुरोध गरिरहेको बेला !
* विश्वमा कोरोना भाईरसको महामारी भयावह बनिरहेको बेला !
* ईटालि जस्तो स्वास्थ्य जगतमा पहुँच भएको राष्ट्रले हार खाएर Surrender गरेको खबर आईरहेको बेला !
* शेयर बजार बन्द हुँदा यत्रो चिन्ता लाग्नेहरूलाई हिंजो किन प्रविधि मैत्री बनाउन जाँगर नचलेको होला !
* विदेशी शेयर बजार र नेपाली शेयर बजार के हिसावले तुलना गर्न मिल्छ प्रष्ट पार्ने कि!
* लगानिकर्ता, ब्रोकर, मर्चेंट बैंकर एसोसिएशन लगायतले कर्मचारी र लगानीकर्ताहरूको स्वास्थ्यको ख्याल गर्दै कारोवार गराउन नसकिने जानकारी गराईरहेको बेला !
* साढे एक प्रतिशतले मात्रै अनलाईन लिएको र १ प्रतिशत भन्दा कमले मात्रै नियमित कारोवार गरिरहेको दृष्टान्त हुँदा हुँदै किन अनलाईनलाई सबैको पहुँचमा पुर्याउन सकिएन र यसप्रति किन तिव्र चासो राखिएन !
* हामीले धेरै पटक उठाएको विषय डिम्याट खाता र बैंक खाता ईन्ट्रिगेशन गरेर रियल टाईम वेशमा कारोवार गरौं भनिरहेको बेला किन हाम्रो कुरा सुनिएन !
* यो सन्त्रासको बिचमा बजार खुलाएर गराईने कारोवार बाट कति प्रतिशत लगानिकर्ताले कारोवार गर्लान र राज्यले कति कर उठाउला !
* सिमित वर्गको केहि स्वार्थ छ भने केहि हद सम्म् पुरा त होला तर वास्तविक लगानिकर्ताको चाहाना यो हो त !
* यो विकराल स्थितिमा सुरू गराउन खोजिएको कारोवारले निम्त्याउन सक्ने लगानिकर्ताको स्वास्थ्यको भयावह स्थिति र बजारले समात्न सक्ने सम्भावित क्र्यासको बाटोको जवाफदेहिता कसको हुने !
* यो महामारीको बिचमा शेयर बजार सुचारू गर्नु भनेको वामे सर्न लागेको पुँजीबजारबाट सर्व-साधारण लगानिकर्तालाई भगाउने खेल सिवाय अरू के हुन सक्छ !

Prabhu
Crest

स्मरण होस: विश्व स्वास्थ्य संगठनको डाटा अनुसार बिश्वमा १ लाख जनामा कोरोना संक्रमण फैलिन ६७ दिन लागेको थियो,१ लाख बाट २ लाख पुग्न ११ दिन लागेको थियो भने २ लाख बाट ३ लाख संक्रमित पुग्न जम्मा ४ दिन लागेको थियो !!

लगानिकर्ता सचेत बनौं र भनौं बजार अहिले होईन खोल्ने !
आफ्नो हक,सम्पत्ति र स्वास्थ्यमा नबोले कहिले हो बोल्ने !!

(फुल्लेल सेयर लगानीकर्ता संघका उपाध्यक्ष हुन्, उहाँको विचार फेसबुक पोस्ट बाट साभार गरिएको  हो )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS