IME Life
GBIME

नागरिकको स्वास्थ्यभन्दा ठुलो व्यापार हो ?

SPIL
NIC ASIA new
NLIC

“ धितोपत्र बजार संचालन गर्न अर्थले सेवनमा काट्यो पत्र “ यो शिर्षकमा हिजो दिनभर जसो केही मिडियाले गोरुटाउके अक्षरमा लेखेको बिषयलाई लिएर लगानीकर्ता सथीहरुमा त्रास फैलिएको हामीले पाएका छौं । आजको यूग सूचना संचारकोको यूग हो । सूचनाको मनोबैज्ञानिक प्रभाव कतिपर्छ यहाँ व्याख्या गरिरहनु पर्दैन ।

Crest

कोभिड-१९ बाट दुनियाँ नै आक्रान्त भैरहेको अहिलेको परिप्रेक्षमा नेपालको शेयर बजार खोल्नु भनेको आम लगानीकर्ता ( मुठ्ठी भर छोडेर ) कोभिड-१९ भन्दा अर्को समानान्तर भाईरस छोडनु बराबर हुने देखिन्छ। दुनियाँका केही सम्पन्न शेयर मार्केट खुलेका होलान ।

के नेपालको शेयर मार्केट त्यत्ती नै परिपक्वा छ त ? भारतमा डिम्याट खाता, बैंक खात र ब्रोकरमा खोलिएको खात एक आपसमा ईन्टिग्रेट छन् । हामिले यो ईन्ट्रिग्रेट गरौं भनेर अनुरोध गरेको बर्षौ भयो । यस कुरामा नियामकहरु कानमा तेल हालेर बसेका छन् । कोरोना महामारीले संसार आतंकित छ । संसार कोरोना विरुद्ध युद्ध लड्दैछ । यस अबस्थामा सेयर बजार खोल्ने भनेर बहस चलाउन मिल्छ ? संसार कोरोना विरुद्ध लडिरहेको यस बखतमा के नागरिकलाई मृत्यु बाँड्ने चाहाना छ ? केही गरि हाम्रो देशमा कोरोना भाइरस फैलियो भने सायद नियन्त्रण गर्ने बुता हाम्रो हुनेछैन । आवश्यक सम्पूर्ण तयारी विशेष गरि सरकारले साथसाथै नागरिकले पनि गर्नुपर्छ ।

बल्ल तल्ल तंग्रिदै गएको शेयर बजारमा यसै गरि बेमौसमि बाजा बजाएर खेल्न खोज्ने प्रवृती हाम्रो लागी नौलो चाहीँ होईन । बिगत देखिनै यो चलि आएको चलन जस्तो हो । तर अबका दिनमा त्यस्तो हुन पाउने छैन । किनकी तालुकदार नियामक निकायले माथिल्लो निकायमा थाहा होला की जसरी बन्द कोठामा आम लगानीकर्ताको अहित हुने गरि गर्ने निर्णयको हामी खुलेर बिरोध गर्छौ । त्यस्को सुईको उपल्लो निकाय सम्म जगजाहेर गराउछौ । अब भ्रमको खेती गर्न बन्द गरे हुन्छ ।

बिगत देखिनै सेयर बजारमा केही टाठाबाठा समुदायको हालि मुहाली रहदै आएको कुरा हामी सामु छिपेको छैन । मुसाहरु संगठित भएर बिरालोलाई काबुमा ल्याउने कुरा गर्ने तर बिरालाको गलामा घण्टि कसले बाध्ने भन्दा सबै मुसा भग्ने जुन बिगतको प्रवृती थियो अब त्यसको अत्य हुदैछ । बिरालोको गलामा घन्टि बाध्ने मुसाको जन्म भैसकेको छ । केही समय अघी १६०० माथि पुर्यायर सट सेल गर्नेको समेत मुटुले ढ्याड्रो ठोक्ने दिन आउन धेरै समय कुर्न नपर्ला ।

अन्तयमा ,

कोभिड-१९ को गति हेरेर पुन: अर्को निर्णय नभए सम्म बजार खुल्दैन भन्ने आश्वासन अर्थमन्त्री ज्यू बाट आएको अबगत गराउँदै सम्पुर्ण लगानीकर्ता साथिहरुलाई आतकंति नहुन अनुरोध गर्दछु । पक्कै पनि हामिलाई यस निर्णयले चहराई रहेको घाउमा पलमपट्टि लाग्छ भन्ने आशा लिदै सम्पुर्ण साथिहरुमा भ्रमित नहुन आग्रह गर्दछु ।
धन्यवाद ।

नोट: राधा पोखरेलको फेसबुक पोष्टबाट साभार 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS