बुटवल: नेपाली शेयर बजार पूर्ण स्वचालित नभएको अवस्थामा शेयर कारोवार रोक्न फोरमले आग्रह गरेको छ। शेयर बजार पुन खोल्ने सरकारी निर्णयको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले विरोध जनाएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै १ प्रतिशत मात्र लगानीकर्ता अनलाईनमा आवद्ध भएको र बाँकी ९९ प्रतिशत लगानीकर्तालाई दोश्रो बजारबाट बन्धक बनाउँन नहुने फोरमले विज्ञप्ति मार्फत आफ्नो विचार राखेको छ।