काठमाडौं । आज भारतीय शेयर बजारमा उछाल आएको छ। बुधवार खुलेको भारतका प्रमुख दुई शेयर बजारमा राम्रै वृद्धि आएको हो। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा वृद्धि देखिएसंगै लगानीकर्ता केही राहतको सास फेरेका छन् ।
बिएससी सेंसेक्स सूचक १८६१ दशमलव ७५ को अंकले वृद्धि भएर २८५३५ दशमलव ७८ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ५१६ दशमवल ८० अंकले वृद्धि भएर ८३१७ दशमलव ८५ अंकमा पुगेको छ।
भारतको सरकारले राहतको प्याकेज ल्याउने संकेतसंगै आज दुवै शेयरबजारमा उछाल आएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर २१ दिनको लक डाउनको घोषणा गरेका छन्।