IME Life
Beema Board

कोरोना रोकथामका लागि यस्ता छन् चार नीति: क्वारेन्टाईनदेखि उपचारसम्म

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन नदिने सरकारले चारवटा रणनीति अपनाएको छ । कोरोना भाइरसको रोकथाम, जनचेतना, होम क्वारेन्टाइनमा निगरानी र उपचार व्यवस्थापन गरी चार रणनीति अघि सारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार एकजना नेपाली युवतीमा संक्रमण भेटिएकोले अन्यको अवस्था पत्ता लगाउन एक्टिभ सर्भिलेन्स (सक्रिय निगरानी) बढाइएको छ ।

Prabhu
Crest

रणनीति नं १ : चारवटा रणनीतिमध्ये पहिलो कार्यान्वयनमा ल्याइसकिएको छ । सीमा नाका र विमानस्थलमा प्रतिबन्ध लगाइएको छ । ‘प्रवेशमा रोकको नीति कार्यान्वयन भइसकेको छ । लामो दूरीका सवारी साधन चल्न निषेध तथा नाकामा यात्रुको आवागमन निषेध गरिएको छ ।

त्यस्तै जमघटलाई पनि निषेध गरिएको छ । संक्रमण नफैलायोस् भन्ने उद्देश्यले जमघटमा निषेध गरिएको हो । एक आपसबाट संक्रमणबाट जोगिन अलि बढी जिम्मेवार बन्न जरुरी छ ।

कोरोना संक्रमणको अवस्थाबारे अब पत्रकार सम्मेलन नगरिने भएको छ । ‘अबदेखि जमघट कम गर्नेतर्फ कदम चाल्ने छौं । सरकारी मिडिया, फेसबुक लाइभ वा प्रेस विज्ञप्तिमार्फत सूचना प्रवाह गर्ने छौं’, डा. देवकोटाले भने ।अस्पताल आउने बिरामीका लागि पनि कडाइ गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, पछि गर्न सकिने केसका लागि आज नआइदिनुहोस् भन्न खोजेको हो । अन्य रोगको बिरामीलाई कोरोना भाइरस संक्रमण हुने बढी जोखिम हुन्छ ।

पेइंग क्लिनिक स्थगन गर्ने, एक दुई साता फलोअपमा नबोलाउने, नियमित जाँच र पछि गर्दा हुने शल्यक्रिया .स्थगित गर्ने निर्णय भएको छ ।

हरेक ५० शैया भन्दा ठूला अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याउनु पर्ने भएको छ । बहिरंग विभाग (ओपीडी) मा जाँदा अन्य व्यक्तिलाई पनि सार्ने खतरा हुने भएकाले छुट्टै हेर्ने बनाइएको हो ।

रणनीति नं २ जनचेतनासम्बन्धी यो रणनीतिमा भ्रमपूर्ण सूचना प्रवाह फैलाउनेलाई कारवाही गर्ने र तथ्यपूर्ण सूचनाका लागि एकद्धार प्रणालीबाट प्रवाह गर्नेस्वास्थ्य मन्त्रालयको तयारी छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार संक्रमण भएकी नेपाली विद्यार्थीको जानकारी पनि पे्रस वक्तव्य मार्फत दिने की वा एउटा मिडियाबाट लाइभ गर्ने भन्ने छलफल गरिएको थियो । ‘यो पटकलाई सबै सञ्चारकर्मीको बीचबाट गरौं भन्ने भयो । अब अर्कै खालको व्यवस्थापन गरौं भन्ने छ’, मन्त्री ढकालले भने ।

रणनीति नं ३ यो रणनीतिमा विदेशबाट आएका संभावित संक्रमणको लक्षण भएका यात्रुलाई होम क्वारेन्टाइन राखेर निगरानी गरिने भएको छ । पछिल्लो समय सर्भिलेन्सको दायरालाई बढाइएको छ । विदेशबाट फर्किएका व्यक्तिलाई आइसोलेसनमा राखि नमुना परीक्षणको व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित लक्षण देखिएको अवस्थामा नमुना परीक्षण गर्ने कार्यलाई फराकिलो बनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘अबदेखि ६० वर्षभन्दा माथिका व्यक्ति, स्वासप्रश्वासको गम्भीर खालको समस्या भएका व्यक्ति र दीर्घरोगीलाई यस खालका लक्षण देखिए नमुना परीक्षण गर्ने दायरा बढाएका छौं ।’

रणनीति नं ४ यो रणनीतिमा बिरामीको उपचार व्यवस्थापन छ । यसका लागि काठमाडौं उपत्यकामा एक हजार शैयासम्मको आइसोलेसन शैया वृद्धि गर्ने रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

मुलुक भरका अस्पतालमा सघन उपचार कक्ष (आइसीयु)का लागि २ सय ३५ शैया आइसीयु शैया थप गर्ने कार्य भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS