आज भारतीय शेयर बजारमा पहिरो गएको छ। सोमबार खुलेको भारतका प्रमुख दुई शेयर बजारमा ठुलो गिरावट आएको हो। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा गिरावट देखिएको छ।
बिएससी सेंसेक्स सूचक ३९३४ दशमलव ७२ को अंकले घटेर २५,९८१ दशमलव २४ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ११३५ दशमवल २० अंकले घटेर ७,६१० दशमलव २५ अंकमा ओर्लिएको छ।