IME Life
Beema Board

सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले चैत्र १२ गतेदेखि संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक तर्फको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता सेयर बोलकबोल मार्फत विक्री गर्न लागेको जनाइएको छ ।

इच्छुक आवेदकले चैत १२ गतेदेखि १९ गतेसम्म शेयरमा आवेदन दिन सक्ने छन् । बैंकले गत वर्ष २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।

Prabhu
Crest

सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्दे्शिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको हो ।

बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS