काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रदेश– ५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा संचालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।सम्झौता अनुसार तुलसीपुर दाङमा रहेको भिङग्रेली भिलेज रिसोर्ट र पार्क फुड क्याफे एण्ड लज १० प्रतिशत सहुलियत बैंकका ग्राहकहरुले पाउने छन् ।
दाङकै डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्टले सम्पूर्ण सेवामा १० प्रतिशत छुट अनि गुलरीया, बर्दियामा रहेको कृष्णसार रिसोर्ट प्रा।लिले खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेृ भएका छन् । त्यस्तै, बाँकेमा अवस्थित ग्रीनपिस माध्यमिक विद्मालयको भर्ना शुल्कमा २५प्रतिशत छुट दिने भएको छ।