काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।कम्पनीले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।
कम्पनीले सेल्स म्यानेनजर र शाखा प्रमुख/उप– प्रमुख पदको लागि कर्मचारी आह्वान गरेको हो । आवेदकले कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले चैत्र १९ गते आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।