काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टबिशेष छुट पाउने भएका छन् । उक्त सम्झौतासँगै बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र रिसोर्टका रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको सेवा सुविधा मार्फत १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै यो सुविधामा बैंकका कर्मचारीहरूले पनि छुट पाउनेछन् ।