Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीको डेढ करोड कित्ता आईपिओ बिक्री खुल्यो, कसरी दिने आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको इतिहासमा सबैभन्दा ठूलो रकम (झण्डै डेढ अर्ब रुपैयाँ) को करिब डेढ करोड कित्ता आईपिओ जारी गरेको नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा आजबाट आवेदन खुल्ला भएको छ । आज विहान १०ः०० बजेबाट औपचारिक रुपमा आवेदन खुल्ला गरिएको हो ।

Prabhu
Crest

काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेश कम्प्लेक्समा केन्द्रीय कार्यालय रही विश्वका ३६ भन्दा बढि देशहरुमा बीमा व्यवसाय सञ्चालन गर्दै आएको पुनर्बीमा कम्पनीको आईपिओमा जो सुकै सर्वसाधारण नेपालीले खरिद गर्न सक्नेछन् ।

धितोपत्र बोर्डले गत फागुन ४ गते कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएपछि चैत ४ बाट साधारण शेयरमा दरखास्त आह्वान गरेको हो । कम्पनीले जारी गर्ने साधारण शेयर प्रतिकित्ता १०० मै पाइने र सूचिकरण भई बिक्री गर्दा निकै महंगो मूल्यमा बिक्री हुने हुँदा सर्वसाधारणको आकर्षण हुने गर्दछ ।

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक तोकिएको सो शेयर क्रेडिट रेटिङ कम्पनीले ग्रेड २ अंक दिएको छ । कूल ८ अर्ब ४० करोड चुक्ता पुँजि भई जारी पुँजि १० अर्ब रहेको कम्पनीले आजदेखि जारी गरेको १ करोड ६० लाख कित्ता सेयरमध्ये ७३५०० कित्ता शेयर कर्मचारीलाई छुट्याएको छ भने आठ लाख कित्ता शेयर सामुहिक लगानी कोषका कम्पनीलाई छुट्याएर बाँकी रहेको एक करोड ५१ लाख २६५०० कित्ता सेयर सर्वसाधारण आवेदनकर्तालाई वितरण गरिनेछ ।

शेयर कारोबार गर्ने कम्पनी मेरो शेयर सफ्टवेयर र नेपालका अधिकांश बैंकहरु (जो आश्वा सदस्य छन्) मार्फत सजिलै शेयरमा आवेदन दिन सकिने छ । तर, शेयर भर्नु अघि डिम्याट खाता भने अनिवार्य खोल्नुपर्नेछ ।

यदि पुनर्बीमा कम्पनीको आजदेखि खुलेको शेयर भर्ने सम्बन्धमा कुनै आईडिया छैन भने:

सबैभन्दा आफ्नो खाता भएको बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकमा बचत खाता समेत खोलेको छैन भने बचत खाता खोल्नु अनिवार्य छ । त्यसपछि शेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ । बचत खातासँगै डिम्याट खाता खोल्न पनि सकिनेछ । त्यति भएपछि सोही बैंकमार्फत पनि आवेदन दिन सकिने छ ।

सजिलो उपाय मेरो शेयरको पनि खाता एकै साथ खोल्ने र अनलाईनबाट आफैले शेयरमा आवेदन दिने ।

अर्को उपाय भनेको नेपालमा सञ्चालित धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकरको कार्यालयमा गएर पनि जानकारी लिएर नेपाल पुनर्बीमाको शेयरमा आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS