काठमाडौं । बहिनीको विवाहमा हिडेका बेला कार दुर्घटनामा परी मृत्युवरण गरेका ग्लोबल आईएमई बैंक, बाणगंगा शाखाका प्रमुख सुरेश पाण्डेको परिवारलाई नेको इन्स्योरेन्सले १५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रमका बीच नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवर क्षेत्रीलाई स्व.पाण्डेले पाउने १५ लाख रुपैयाँको हस्तान्तरण गरेका हुन् । नेको इन्स्योरेन्स कम्पनीले ग्लोबल आइएमई बैंकका कर्मचारीको सामूहिक दुर्घटना बीमा सम्झौताअनुसार सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
कपिलबस्तु जगदिशपुरका पाण्डेको गत मंसिर २३ गते सोमबार बिहिनीको विवाह हुँदै थियो । विहान घरबाट पार्टी प्यालेसमा जाँदै गर्दा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बोडगाउँमा सडक किनारामा रहेको विद्युतको पोलमा ठोक्किएर भएको दुर्घटनामा परी निधन भएको थियो ।