काठमाडौं । माछापुच्छ्रे बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालाले आजदेखि पदभार ग्रहण गरेका छन् ।
बैंकको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत रुपमा रहेका सुमन शर्माको राजिनामा पश्चा्त कोइरालालाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।कोइराला यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । ।कोइरालासँग लामो बैंकिङ अनुभव छ ।